काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टको आग्रह, महानगरपालिकालाई मासिक ६० लाख भाडामा दिने तयारी « Arthapath.com
१४ असार २०७७, आईतवार

काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रष्टको आग्रह, महानगरपालिकालाई मासिक ६० लाख भाडामा दिने तयारी



काठमाडौं । नेपाल ट्रस्टले नाममा रहेको काठमाडौं प्लाजस्थित भव्य भवन खाली गराउन लागिएको हो । ट्रस्टले एक सूचना प्रकाशित गर्दै कन्सेप्ट डेभलपर्सलाई भवन खाली गरि हस्तान्तरण गर्न भनेको हो ।

कन्सेप्ट डेभलपर्सले मासिक १५ लाख भाडा तिर्ने बताएपछि ट्रस्टले मासिक ५९ लाख भाडा उठ्ने गरेको र हाल तिरिरहेको भाडा सस्तो भएको ठहर गरेको छ ।

विगतदेखीनै भाडाको विवाद पर्दै आएपनि ट्रस्ट कन्सेप्ट डेभलपर्सविच कुरा मिल्न सकेको छैन । नेपालका २ ओटा विकास बैंकका केन्द्रीय कार्यालयसहित विभिन्न वित्तिय संस्था र अन्य व्यापारीक पसलहरु काठमाडौं प्लाजामा रहेका छन ।

‘हामीलाई पनि सर्न चिठ्ठी आएको तर बैंक यस्तो अवस्थामा सर्न नसक्ने जानकारी हामीले ट्रस्टलाई गराएका छौं’ मुक्तीनाथ विकास बैंकका अध्यक्ष भरत ढकालले अर्थपथसंग भने । हामी जसलाई तिर्ने हो नियमअनुसार भाडा तिर्छौं तर अहिलेनै बैंक सर्न संक्दैन ढकालले भने ।

डेभलपर्सले रिन्यु गर्न गरेको आग्रहमा ट्रस्टले घवन खाली गराउन भनेको हो । ट्रस्टको कार्यालयले काठमाडौं महानगरपालिकालाई उक्त भवन भाडामा दिन लागेको हो । महानगरपालिका जस्तो कार्यालय व्यावसायीक भवनमा बस्न नहुने कतिपयको राय छ । महानगरपालिकाले मासिक ५० लाख भाडामा बस्न तयार भएको बताएको छ ।

एकसात अघि आइतबारको मन्त्रिपरिषद बैंठकले महानगरपालिकाले अरुलाई भाडामा दिन नमिल्नेगरी मासिक ६० लाख भाडामा दिने निर्णय गरिसकेको छ । अव काठमाडौं प्लाजा भवनको विवाद चुलिँदो छ ।


प्रतिक्रिया दिनुहोस्