साउनबाटै बजेट कार्यन्वन गर्ने र ७ प्रतिसतको अर्थिक बृद्धिदर पुग्छ : अर्थमन्त्री « Arthapath.com
१५ असार २०७७, सोमबार

साउनबाटै बजेट कार्यन्वन गर्ने र ७ प्रतिसतको अर्थिक बृद्धिदर पुग्छ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवमा देशको आर्थिक बृद्धिदर ७ प्रतिसत हासिल हुने बताएका छन । सोमबार नेपाल उद्योग परिसंघ (सिएनआई)को १७ औं वार्षिकउत्सवको अवसरमा आयोजित सभामा बोल्दै अर्थमन्त्री खतिवडाले साउनबाटै आगामी आवको बजेट कार्यन्वयनमा जाने बताएका छन ।

अर्थ मन्त्रालयले बजेट साउनबाटै कार्यन्वयनमा ल्याउन धेरै काम गरिरहेको भन्दै निजी क्षेत्रलाई सहयोग गर्न मन्त्री खतिवडाले आग्रह गरेका छन । अर्थमन्त्री खतिवडाले निजी क्षेत्रमा हुने भष्ट्रचार संग संबन्धीत मुद्धामा नितीगत परिवर्तन अन्तराष्ट्रिय प्रयोगलाई लागुगर्न खोजेपनि अहिले सरकार त्यसो गर्न तयार नभएको बताएका छन । उनले भने निजी क्षेत्रमा अख्तियार पस्दैन ढुक्क भएर लगानी गर्नुहोस ।

मन्त्री खतिवडाले विदेशी लगानी ल्याउन भुमिका खेल्न निजी क्षेत्रका लगानीकर्ताहरुसंग आग्रह गरे । मन्त्री खतिवडाले निर्यातमा सहजता र कमोडेटिज बजारमा लगानी बढाउनसमेत आग्रह गरेका छन ।


प्रतिक्रिया दिनुहोस्