निजी क्षेत्रमा अख्तियार पस्दैन : प्रधानमन्त्री ओली « Arthapath.com
१५ असार २०७७, सोमबार

निजी क्षेत्रमा अख्तियार पस्दैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रमा अख्तियार प्रवेश नगर्ने बताएका छन । निजी क्षेत्रलाई नियमन गर्ने थुप्रै निकाय भएकाले अख्तियारले हेर्नु नपर्ने बताए ।

सरकारले यस विषयमा पुर्नविचार गर्ने प्रधानमन्त्री ओलीले बताए । अख्तियारको कार्यक्षेत्रमा निजी क्षेत्र नपर्ने भन्दै प्रधानमन्त्री ओलीले ढुक्क भएर लगानी गर्न व्यावसायीहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले उद्योगी व्यावसायीलाई सरकारले हतोत्साही गर्दैन भन्दै कृषि र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । नेपाल उद्योग परिसंघ (सिएनआई)को वार्षिकउत्सवको अवसरमा आयोजित जुम मिटिङद्वरा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अहिलेको समस्या साझा समस्या भएकाले सरकार र निजी क्षेत्र मिलेर समाधान गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्