असार महिना लागेसगै दैनिक १ अर्बभन्दा बढी राजस्व संकलन, १७ दिनमा ४५ अर्ब राजस्व उठ्यो « Arthapath.com
१८ असार २०७७, बिहीबार

असार महिना लागेसगै दैनिक १ अर्बभन्दा बढी राजस्व संकलन, १७ दिनमा ४५ अर्ब राजस्व उठ्यो



काठमाडौं । कोरोना भाइरसले देशमा लकडाउन नभएपछि राजस्व नउठे पछि सरकारको दैनिक खर्च चलाउन गाहो परेको अर्थमन्त्री डा युवराज खतिवडाले भनेका थिए ।

सरकारले लकडाउन केही खुकुलो बनाएपछि राजस्व उठ्न थालेको छ ।

महालेखा नियन्त्रक कार्यलय अनुसार गएको १७ दिनमा ४५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

लकडाउन खुलेको ३० दिनभित्र कर तिनुपर्ने व्यवस्था सबोच्च अदालतले गरेको छ ।

सरकारको ढुकुटी नै रित्तो भएपछि दैनिक खर्च चलाउन नसकीने भएपछि धेरै रकमको कारोबार गर्ने व्यसायीलाई फोन नै गरेर कर तिर्न अनुरोध गरेका थिए ।

असार महिना लागेसगै दैनिक १ अर्बभन्दा बढी राजस्व उठ्न थालेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ ३२ गतेसम्म ५ खर्ब ८८ अर्ब रुपैयाँ थियो । असार १७ गतेसम्म आइपुग्दा ६ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व उठेको छ ।

विश्वभरी नै फैलीएको कोरोना भाइरस नियन्त्रणका लागी चैत ११ गतेदेखि लकडाउन घोषणा भएसँगै कर तिर्ने समय थप भएको थियो ।

सरकारी ढुकुटी रित्तो भयर दैनीक खर्च चलाउन समस्या भएपनीे राजस्व संकलन हुँन थालेपछि अर्थतन्त्रमा सुधार देखिन थालेको अर्थमन्त्री डा युवराज खतिवडाले बताए ।


प्रतिक्रिया दिनुहोस्