बिहीबार नकारात्मक सर्किट ब्रेक लागेर सेयर बजार बन्द « Arthapath.com
१८ असार २०७७, बिहीबार

बिहीबार नकारात्मक सर्किट ब्रेक लागेर सेयर बजार बन्द




काठमाडौं । बिहीबार नकारात्मक सर्किट ब्रेक लागेर सेयर बजार बन्द भएको छ ।

सेयर बजार ६ प्रतिशतले घटेपछि बजार बन्द भएको हो ।

सुरुवातमा २३ मिनेटमै ४ प्रतिशतले घटेर सर्किट लागेको बजार २० मिनेट बन्द गरिएको थियो।


२० मिनेटपछि खुलेको बजारमा पनि ३ मिनेटमै थप १ प्रतिशतले घटेपछि थप ४० मिनेटका लागि पुनः कारोबार बन्द गरिएको थियो ।


तेस्रो पटक खुलेको बजारमा थप १७ मिनेट कारोबार भएपछि ६ प्रतिशतले घटेसँगै बिहिवारका लागि कारोबार बन्द गरिएको हो।


नेप्से परिसूचक बिहीबार ८०.४१ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्