ओरालो लाग्यो सुन, शुक्रबार तोलामै ५ सयले घट्यो « Arthapath.com
१९ असार २०७७, शुक्रबार

ओरालो लाग्यो सुन, शुक्रबार तोलामै ५ सयले घट्यो



काठमाडौं । शुक्रबार सुनको भाउ ५ सयले घटेको छ । बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुन बिहिबारदेखी घट्न थालेको छ । लकडाउन यता उच्च दरले बढ्दै आएको सुनको भाउ बिहीबारबाट ओरालो लाग्न थालेको हो ।


बुधबार ९१ हजार ७०० रुपैयाँमा पुगेको सुनको भाउ बिहिबारदेखी घट्न थालेको हो । सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँमा आएको छ । तेजावी सुन पनि ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्