नेकपा स्थायी कमिटी बैठक सोमबारसम्म स्थगित « Arthapath.com
२० असार २०७७, शनिबार

नेकपा स्थायी कमिटी बैठक सोमबारसम्म स्थगित



काठमाडौं । आज शनिवार निर्धारित नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ ।


अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् ।

हिजो शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने निणर्य भएको थियो ।

तर शुक्रबार छलफल भए पनि ओली र प्रचण्ड दुवै पुरानै अडानमा कायम भएपछि छलफलमा ठोस सहमति भएको छैन ।

नेकपा स्थायी कमिटीको बैठक असार २२ गते सोमबार   बस्नेछ ।


प्रतिक्रिया दिनुहोस्