गाउँसभामा काङ्ग्रेस वडाअध्यक्षले पत्रकारको क्यामेरा फोडे « Arthapath.com
१० असार २०७७, बुधबार

गाउँसभामा काङ्ग्रेस वडाअध्यक्षले पत्रकारको क्यामेरा फोडे



काठमाडौं । नुवाकोट तारकेश्वर गाउँपालिकाको गाउँसभामा बजेट प्रस्तुतको समाचार संकलन गर्न गएका तिन पत्रकारमाथी काक्रमण भएको छ । गाउपालिका अध्यक्ष रमेश वस्तीले आव २०७७/०७८ को बजेट प्रश्तुत गर्न सुरुमात्र के गरेका थिए क्यामरामा कैद गर्न गएका टिभी त्रिशुलीका पत्रकार सुजित भण्डारीको क्यामेर खोसेर काङ्ग्रेसका प्रतिनिधिहरुले फुटाइदिएका छन ।

भण्डारीले गाउँसभा खिच्न सुरु गर्दा काङ्ग्रेसबाट निर्वाचित ६ नं. वडाअध्यक्ष ज्ञानेन्द्र तामाङले सुरुमा क्यामेरा खोसेर अरु काङ्ग्रेसबाटै निर्वाचित वाडा नं १, ३ र ६ का वडाअध्यक्षले वडालाई बजेट नदिएको भन्दै क्यामेरा फुटाइदिएको गाउँपालिका अध्यक्ष रमेश वस्तीले बताए ।

वडालाई बजेट विनियोजन नभएको भन्दै बजेटमा सहमती छैन पत्रकारलाई नखिच्न भन्दै आग्रह गरेको पत्रकारले नमानेपछि धकेलाधकेल भएको ३ नं. वडाअध्यक्ष सुर्यमान श्रेष्ठले बताए । काङ्ग्रेस कार्यकर्ताले जनताको हुल जम्मा गरेको गाउँसभा भंग गर्न खोजेको गाउँपालिका अध्यक्ष वस्तीले बताए ।

गाउँसभाको कैद गर्न थाल्दा पधकार भण्डारीको क्यामेरा फुटेको पत्रकार भण्डारीले बताए । त्यस्तै अर्का पत्रकार नवदीप अजवनी र विष्णु अधिकारीमाथी समेत र्दुव्यवहार भएको महासंघले जनाएको छ । बजेट विनियोजनमा असहती रहेको भन्दै काङ्ग्रेस कार्यकर्ताले पत्रकारमाथी आक्रमण गरेको अध्यक्ष वस्तीले बताए ।


प्रतिक्रिया दिनुहोस्