वैशाख २५ पछि बजार खोल्ने पक्षमै छौ: नेप्से प्रमुख साउद « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

वैशाख २५ पछि बजार खोल्ने पक्षमै छौ: नेप्से प्रमुख साउद



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा रहेको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका जानकारी दिदै अव वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा रही अघि बढेको बताए ।

नेपालको सन्दर्भमा शेयर बजार सञ्चालनका लागि विजनेश कन्टिन्यूटीको प्लान, डिजास्टर रिकभरीको प्लान र आइटी पोलिसी आवश्यक रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत साउदले आईटी पोलिसी सञ्चालक समितिबाट पास गरेर नेपाल धितोपत्र बोर्डमा पेश गरेका जानकारी समेत दिए ।

नेप्सेको अनलाईन कारोबार प्रणाली आफैमा पूर्ण भएको बताउँदै उनले लगानीकर्ताहरुनै यसप्रति आकर्षित नभएकोमा दुख व्यक्त गरे । बजारमा उल्लेख्य कारोबार भएको दिन ४५ प्रतिशत भन्दा बढी कारोबार अनलाईन मार्फत भएको जानकारी गराउँदै उनले यस प्रणालीको थप विकास र विस्तारमा नेप्से निरन्तर लागेको बताए ।


प्रतिक्रिया दिनुहोस्