शेयर बजार बन्द हुदाँ सबैभन्दा बढी मारमा ब्रोकर व्यवसायी परेका छन्:स्टक ब्रोकर एशोसियसनका अध्यक्ष रानाभाट « Arthapath.com
१६ बैशाख २०७७, मंगलवार

शेयर बजार बन्द हुदाँ सबैभन्दा बढी मारमा ब्रोकर व्यवसायी परेका छन्:स्टक ब्रोकर एशोसियसनका अध्यक्ष रानाभाट



काठमाडौं ।  शेयर बजार बन्द हुदाँ सबैभन्दा बढी मारमा ब्रोकर व्यवसायी परेका छन् ः स्टक ब्रोकर एशोसियसनका अध्यक्ष रानाभाट

बजार बन्द हुदाँ सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाडो खुलाउनुपर्नेमा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले जोड दिएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पूँजीबजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै रानाभाटले बजार बन्द भएपनि ब्रोकर व्यवसाय सञ्चालकको खर्च निरन्तर भएकाले समस्या हुने बताए ।

वैशाख २५ गतेको समयभित्र बजार खोल्ने वातावरण मिलाउन जोड दिर्दै उनले ब्रोकरको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको वताए । हाललाई लगानीकर्ताहरुको खाता नविकरणका लागि छुट दिने व्यवस्था मिलाउने निष्कर्षमा हामी पुगेका छौ । लकडाउन र संक्रमण अन्त्यहुने निश्चित नभएको अवस्थामा बजार खोल्नुको विकल्प नभएको अध्यक्ष रानाभाटको भनाई छ । यस्तो अवस्थामा लगानीकर्ताको मनोबल बलियो बनाउने तर्फ सरकार र नियामक निकायले सोच्नुपर्ने तर्क उनको छ ।


प्रतिक्रिया दिनुहोस्