बजार

नेप्से २ प्रतिशतले घटेपछि शेयर कारोबार बन्द, १० करोडको कारोबार


ashirbad prabhu bank

नेप्से २ प्रतिशतले घटेपछि शेयर कारोबार बन्द, १० करोडको कारोबार

काठमाण्डौ । नेप्से परिसूचक २ दशमलव ०२ प्रतिशतले घटेसँगै मंगलबारको सेयर कारोबार स्थगित भएको छ । ५० दिनपछि खुलेको बजार २ प्रतिशत भन्दा धेरैले घटेसँगै कारोबार सुरु भएको झण्डै साढे १ घण्टामै बन्द भएको हो ।

आज नेप्से परिसूचक २५ दशमवल ३ अंकले घटेर १२ सय २६ दशमलव १५ अंकमा झरेको छ । साढे १ घण्टाको कारोबारमा १० करोड ४३ लाख रुपैयाँ बराबरका १ लाख ६ हजार कित्ता सेयर किनबेच भएका छन् ।


Prabhu Money Trasnfer

garima development bank

    "नेप्से २ प्रतिशतले घटेपछि शेयर कारोबार बन्द, १० करोडको कारोबार" लागि
    प्रतिक्रिया दिनुहोस्

सम्बधित समाचार