एनआरएन भित्र्याउन पुँजी लैजान ल्याउन खुकुलो गरिनुपर्छ : अध्यक्ष रानाभाट « Arthapath.com
७ असार २०७७, आईतवार

एनआरएन भित्र्याउन पुँजी लैजान ल्याउन खुकुलो गरिनुपर्छ : अध्यक्ष रानाभाट



काठमाडौं । सेयर बजार अहिले बन्द छ । मुलुक लकडाउन सुरुभएपछि बन्द रहेको बजार तत्काल खोल्नुको विकल्प नरहेको सरोकारवालाहरुले बताएका छन ।

आज नेपाल आर्थिक पत्रकार समाज सेजनद्वरा आयोजित भिडियो कन्फ्रेरेन्समा बोल्दै ब्रोकर एसोसिएसका अध्यक्ष भरत रानाभाटले सरकारले तत्काल बजार खोली माथी उठाउनुपर्ने आवश्यकता रहेको बताएका छन ।

उनले बैदेशिक लगानीको कुरा गर्ने हो भने पुँजी बजारको लागी एनआरएनएको लगानी आवश्यक छ । लगानीकर्ता सेयर बजारमा लगानी गर्न इच्छुक रहेको तर सरकारले पुँजी ल्याउन र लैजान खुकुलो गर्नुपर्ने बताए ।

कार्यक्रममा सेयर लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बैंकलाई ब्रोकर लाइसेन्स अध्यायन गरेर मात्रै दिनुपर्ने बताइन । उनले जथाभावी खुलेका लघुवित्त कम्पनी मर्जर गर्न जोडदिनुपर्ने बताइन ।

सेयर बजार विज्ञ बजार बन्द हुनु सरकार संवेदनशिल नरहेको बताए डा गोपाल भट्टले बताए । दिनदिने बन्द हुने सेयर बजारमा लगानी गर्न बैदेशिक लगानीकर्ता आउन सेयर विश्लेषक प्रकाश तिवारीले बताए ।


प्रतिक्रिया दिनुहोस्