अर्थमन्त्रीको निर्देशनपछि सोमबारदेखी खुल्नेभयो सेयर बजार « Arthapath.com
१४ असार २०७७, आईतवार

अर्थमन्त्रीको निर्देशनपछि सोमबारदेखी खुल्नेभयो सेयर बजार



काठमाडौं । कोरोनाका कारण बन्द रहेको नेपालको सेयर बजार अन्ततः भोली सोमबारदेखी खुल्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशनपछि नेपाल धितोपत्र बोर्डले भोलीदेखी सेयर बजार खोल्न रेडी भएको हो ।
अर्थमन्त्री खतिवडाको बोर्ड अध्यक्षलाई पटक पटककको निर्देशन र लगानीकर्ता संघको आन्दोलन प्रश्चात सेयर कजार खुल्न लागेको हो । नेपाल धितोपत्र बोर्ड संचालक समितिको आइतबार बसेको बैंठकले सोमबारदेखि सेयर बजार खोल्ने निर्णय भएको हो ।

कोरोनाका कारण देशमा लकडाउन सुरुभएसंग सेयर बजार पनि लकडाउनमा छन । अहिले अन्य बजार खुलिसकेकाले सेयर बजार खोल्न लगानीकर्ता संघहरुले दवाव दिँदै आएका थिए । संघहरुले अर्थमन्त्री खतिवडाकै राजिनामा माग गरेर अनसनसमेत बस्न थालेपनि अन्ततः बजार खोल्न सरकारी पक्ष राजी भएको हो ।

गत २०७६ चैत ११ गतेबाट सुरु भएको लकडाउनसँगै बन्द भएको बजार वैशाख ३० र ३१ गते २ दिनका लागि खुलेको थियो । अव भोलीदेखी बजार खोल्ने भनेपनि कसरी खोल्ने भन्ने मोडालिटी भने तय भएको छैन ।


प्रतिक्रिया दिनुहोस्