जगदम्बा समूहले नेपालमै एन ९५ र केएन ९५ मास्क उत्पादन गर्ने, कस्तो हुन्छ एन ९५ मास्क ? « Arthapath.com
३ असार २०७७, बुधबार

जगदम्बा समूहले नेपालमै एन ९५ र केएन ९५ मास्क उत्पादन गर्ने, कस्तो हुन्छ एन ९५ मास्क ?



काठमाडौं । जगदम्बा समूहले नेपालमै एन९५ र केएन ९५ मास्क उत्पादन गर्न उद्योग स्थापना गरेकोे छ ।

विश्व भर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस कोभीड १९ संक्रमणपछि नेपालभित्रै एन९५ र केएन ९५ मास्क उत्पादन गर्न उद्योग नेपालमै स्थापना भएको हो ।

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ४ मा २० करोड लगानीमा स्थापना भएको उतm जगदम्बा मास्क उद्योगबाट हाल परीक्षण उत्पादन भइरहेको छ ।

कोरोना भाइरस संक्रमणसँगै मास्कको माग उच्च भएपछि जगदम्बा समूहले उद्योग स्थापना गरेको हो ।

जगदम्बा समूहले यसअघि पनी सिमेन्ट र डन्डीमा लगानी गरिरहेको उद्योगका संचालक साहिल अग्रवालले बताए ।

अग्रवालले अबको केही दिनमै एन९५ र केएन ९५ मास्क उत्पादन गरेर बित्रि वितरण गर्ने बताएका छन ।

उनका अनुसार माक्सको मुल्य निर्धारण नभइसकेपनी मुल्य विदेशी माक्सको भन्दा कम रहने बताएका छन ।

उद्योगले एन९५ र केएन९५ मास्क ३ करोड वटा उत्पादन गर्ने लक्ष्य राखेको छ। यस्तै सर्जिकल मास्क ५ करोड वटा उत्पादन गर्ने लक्ष्य राखेको छ ।

कस्तो हुन्छ एन ९५ मास्क ?

एन ९५ र केएन ९५ मास्क अनुहारलाई मिल्ने गरि डिजाइन गरिएको हुन्छ । मास्कले हावामा रहेका संक्रमित कणलाई भित्र पस्नबाट रोक्छ।


प्रतिक्रिया दिनुहोस्