पियोर इनर्जीको आईपीओ बिक्री खुला « Arthapath.com
२८ चैत्र २०८१, बिहीबार

पियोर इनर्जीको आईपीओ बिक्री खुला



काठमाडौं । पियोर इनर्जीको साधारण सेयर (आईपीओ) आज (चैत २८ गते) देखि आवेदन खुला भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारण नागरिकका लागि निष्काशन गर्नेछ।

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँबराबरको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता पनि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा २०८२ बैशाख २ गते हुनेछ भने ढिलोमा बैशाख ११ गते हुनेछ। आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्