१० मेगावाटले बढ्यो माण्डु हाइड्रोपावरको विद्युत उत्पादन क्षमता

काठमाडौं । माण्डु हाइड्रोपावरको विद्युत उत्पादन क्षमता बढेको छ । आयोजनाको २२ मेगावाटमा थप १० मेगावाट क्षमता वृद्धि भएको छ । यो सँगै आयोजनाको विद्युत क्षमता ३२ मेगावाट पुगेको छ ।
माण्डु हाइड्रोपावरद्वारा प्रर्वद्धन तथा संचालित बागमति साना जलविद्युत आयोजना २२ मेगावाटमा थप १० मेगावाट क्षमता वृद्धि गरि ३२ मेगावाटको विद्युत उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद-विक्री सम्झौता सम्पन्न भएको हो ।
२०८१ आश्विन ११ र १२ गतेको भिषण वर्षाको कारणले आएको बाढी तथा पहिरोले क्षति पुऱ्याएको यस बागमति साना जलविद्युत आयोजना २२ मे.वा को पुन: निर्माणकार्य निकट भविष्यमा सम्पन्न गरि संचालनमा ल्याइने समेत कम्पनीले जनाएको छ ।