कहिले खुल्दैछ रिभर फल्स पावरको लकइन अवधि ?

काठमाडौँ । रिभर फल्स पावरको लकइन अवधि जेठ ८ गते समाप्त हुने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीहरूको सेयरको लकइन अवधि समाप्त हुने भएको हो ।
कम्पनीले २०७९ जेठ ९ गते सर्वसाधारणलाई बाँडफाँट गरेको साधारण सेयरको तीन वर्षको लक इन अवधि समाप्त हुने भएको हो । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार २०८१ असोज २१ गतेपछि यी सेयरको लकइन अवधि समाप्त हुनेछ।
लकइन समाप्त भएपछि संस्थापक सेयर, ४ लाख स्थानीय बासिन्दाको सेयर र १६ हजार कर्मचारीहरूको सेयर कारोबार गर्न खुला हुनेछ।