त्रिशुली जलविद्युत कम्पनीको अध्यक्षमा हितेन्द्रदेव शाक्य

काठमाडौँ । त्रिशुली जलविद्युत कम्पनीको अध्यक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चयन भएका छन् ।
प्राधिकरणको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधि नियुक्त गरिएको शाक्यलाई चैत २७ गते बसेको समितिको बैठकले अध्यक्षमा चयन गरेको हो ।