अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्यो उद्योग विभागले

काठमाडौं । कोरोना भाईरस संक्रमणको दर दैनिक बढिरहेकाले उद्योग विभागले अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरेको छ ।
विभागले एक साताका लागि सेवा स्थगन गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।
विभाग नभई नहुने अति जरुरी बाहेकका सेवा भाद्र ७ गतेपछि मात्रै सूचारु गरिने विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।