सेज प्रधिकरणमा नयाँ नेतृत्व छान्ने प्रक्रिया शुरू, सिफारिस समितिद्वारा दरखास्त आह्वान « Arthapath.com
१२ असार २०८१, बुधबार

सेज प्रधिकरणमा नयाँ नेतृत्व छान्ने प्रक्रिया शुरू, सिफारिस समितिद्वारा दरखास्त आह्वान



काठमाडौँ । निर्यातजन्य उद्योगलाई प्रवर्ध्दन गर्ने भनेर खोलिएको विशेष आर्थिक क्षेत्र (सेज)को प्रमुख नियुक्ति गर्न प्रक्रिया सुरु गरिएको छ । सेज सञ्चालन गर्ने जिम्मा पाएको विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो ।

यसका लागि गठित समितिले खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी थालेको छ । समितिले बुधबार एक सूचना प्रकाशित गर्दै उक्त पदमा नियुक्त हुन इच्छुक रहेका योग्य व्यक्तिहरुलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

यो पदमा नियुक्त हुन व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ र कानूनमध्ये कुनै एक विषयमा कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्ने कानूनी व्यवस्था छ । विशेष आर्थिक क्षेत्र ऐन २०७३ को दफा २२ ले उद्योग, बाणिज्य, ब्यापार, राजस्व प्रशासन, इञ्जिनियरिङ वा व्यवस्थापनको क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव पनि हुनुपर्ने भनेको छ ।

इच्छुक उमेदवारहरुले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा दरखास्त बुझाउनु पर्ने छ । यसरी प्रतिस्पर्धामा आएका मध्येबाट सिफरिस समितिले जम्मा ३ जनाको नाम सरकारलाई सिफारिस गर्ने छ । त्यसमध्ये एक जनालाई सरकारले आगामी ४ वर्षे कार्यकालका निम्ति नियुक्त गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्