डेरि एसोसिएसनले भन्यो,‘दुग्ध पदार्थको आयात खुल्ला गरे स्वदेशी उद्योग धरासायी हुन्छन्’

काठमाडौं । दुग्ध पदार्थ आयात नखोल्न माग गरिएको छ । नेपाल डेरि एसोसिएसनले दुध तथा दुग्धजन्य पदार्थको आयात खुल्ला नगर्न माग गरेका हुन् ।
सरकारले गत वर्षको फागुन ३ गते दुध र दुग्ध पदार्थको आयातमा रोक लगाएको थियो । स्वदेशी उद्योग र किसानका हितका लागि सरकारले रोक लगाएको हो ।
हाल दुग्ध पदार्थको बिक्री नभई स्टक रहेकाले तत्काल आयात खुल्ला गर्न नहुने एसोसिएसनले जनाएको छ । अहिले आयात खुल्ला गरेमा डेरि व्यवसायी नै धरासायी हुने बताइएको छ ।