दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
१४ बैशाख २०८२, आईतवार

दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (वैशाख १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीको हकप्रद सेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि छुटेका सेयरधनीलाई लक्षित गर्दै वैशाख १२ गतेदेखि पुन: आवेदन खुला गरेको थियो । यसमा फागुन १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

यसअघि कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

उक्त हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

यसमा बिक्री सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक–वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्