विकास हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । विकास हाइड्रोपावरले साधारण सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डको स्वीकृतिसँगै कम्पनीलाई आईपीओ निष्काशन गर्ने बाटो खुलेको छ ।
कम्पनीले प्रति सेयर रू. १०० का दरले ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।