छाङरुमा सशस्त्रको भवन निर्माण सुरु

काठमाडौं । दार्चुलाको छाङरुमा बोर्डर आउट पोस्ट (बीओपी) निर्माणका लागि सशस्त्र प्रहरी बलले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि निर्माण प्रक्रिया अघि बढाउन थालिएको हो ।
यसका लागि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेको छ । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि एक सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने तयारी सशस्त्र प्रहरीको छ । भवन निर्माणका लागि सशस्त्रले सरकारी जग्गा प्राप्त गरिसकेको छ ।
