बैंकमा आजदेखि मकवानपुरका व्यवसायीहरूले नगद पैसा जम्मा नगर्ने

हेटौँडा । बैंकहरुले लगाएको चर्को ब्याजले थला पारेको आरोप लगाउँदैँ मकवानपुरका उद्योगी व्यवसायीहरूले आजबाट बैंकमा नगद पैसा जम्मा नगर्ने घोषणा गरेका छन् ।
संघले बैंकको चर्को ब्याजदरविरुद्धको आन्दोलनलाई सहयोग गर्न बैंकमा नगद पैसा जम्मा नगर्न आग्रह गर्दै आन्दोलनको सुरुवात गर्ने भएका हुन् । संघले एक सूचना जारी गर्दै आफ्ना व्यवसायी र शुभचिन्तकहरूलाई आइतबारदेखि बैंकमा पैसा जम्मा नगर्न आग्रह गरेको हो ।
बैंकको चर्को ब्याजदरविरुद्ध संघ र संघमा आबद्ध वस्तुगत संघ, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएशन मकवानपुर लगायत विभिन्न व्यवसायिक संघहरुले हेटौँडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
आइतबार नगद जम्मा नगर्ने, सोमबारबाट सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गतेदेखि शान्तिपूर्ण रूपमा बैंक बन्द गराउने संघको कार्यक्रम रहेको बताइएको छ ।