मेलम्चीको पानी आगामी आवमा आउँछः मन्त्री मगर

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्र मेलम्चीको पानी आउने बताएकी छिन ।
बुधबारको राष्ट्रियसभाको बैठकमा सांसदहरुले संविधानको धारामा मात्रै खानेपानीको व्यवस्था गरिने हो की मान्छेको घरको धारामा पानी पानी आउने हो भन्दै प्रश्न गरेका थिए ।
सांसदहरुको प्रश्नको जवाफ दिँदै मेलम्चीको पानी आउने विषयले धेरैलाई निराशा बनाएको भन्दै आगामी आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौंबासीले पिउन पाउने बताएकी छिन ।
चालु आर्थिक वर्षभित्र नै अहिले वितरण गर्ने बैकल्पिक व्यवस्था अनुसारको कार्यक्रमलाई अब छिटै भौतिकरुपमा सम्पन्न गर्ने बताएकी छिन ।
अब छिटै मेलम्चीको पानी आउने भएकाले धेरै शंका र उपशंका नगर्न समेत सांसदहरुलाई आग्रह गरेकी छिन् ।
मन्त्री मगरले मेलम्ची खानेपानी भूकम्प, विभिन्न समयमा हुने अवरोध, कर्मचारीको आन्दोलन, पटक–पटक ठेक्का तोडनु पर्ने बाध्यात्मक अवस्था, कोरोना प्रकोप लगायतका कारण काम गर्न समस्या भएको बताइन ।
उनले विभिन्न कठिनाइका बाबजुद पनि पहिलो चरणको काम चालु आवमा काम सक्ने र आगामी आवको शुरुमा नै काठमाडौं उपत्यकामा पानी वितरण बताएकी छिन