एक महिनाभित्र ‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान थाल्न मन्त्री ज्वालाको निर्देशन « Arthapath.com
३० श्रावण २०८०, मंगलवार

एक महिनाभित्र ‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान थाल्न मन्त्री ज्वालाको निर्देशन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्षातको समय सकिएलगतै ‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

खानेपानी, नेपाल विद्युत प्राधिकरण र बर्षातले काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिन थालेका छन् । संघिय सरकारको मातहतमा रहेका सडकहरु बर्षात हटेलगतै स्तरउन्नतीको काममा लाग्ने मन्त्री ज्वालाले बताए ।

मंगलवार चक्रपथ बुढानीलकण्ठको सडक अबलोकन गर्दै मन्त्री ज्वालाले खाल्डाखुल्डी रहित काठमाडौं बनाउने बताएका हुन् । ‘दैनिक लाखौ मानिस हिड्ने बाटो खाल्डा र खुल्डी हुँदा निकै सास्ती भयो, अब यो अबस्थालाई हामी छिट्टै अन्त्य गर्छौ’ मन्त्री ज्वालाले भने ‘खाल्डा खुल्डी पुर्न र सडकको स्तरउन्नती गर्न मातहतका निकायलाई निर्देशन दिइसकेका छौ भने सडकको अवस्था हेर्न म आफै नियमित आउँछु ।’

खानेपानी, नेपाल बिद्युत प्राधिकरण र सडक विभागबीच राम्रो समन्वय नहुँदा सडकमा समस्या देखिने गरेको छ । खानेपानी, नेपाल बिद्युत प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकासहितको एउटा समिति पनि बनेको छ । समितिको बैठक छिट्टै बोलाउने मन्त्रालयका सचिव केशव शर्माले बताए ।

‘सडक विभागले सडक बनाउँदै जान्छ, खानेपानी र विद्युत प्राधिकरणले खन्दै जान्छ, बिग्रेको दोषजति मन्त्री र सचिवलाई आउँछ’ मन्त्रालयका सचिव केशव शर्माले भने ‘अब यो अबस्था अन्त्य गर्न छुट्टै बैठक बस्छौ र स्थायी निकास निकाल्छौ ।’

बर्षात हटेलगतै भदौको दोस्रो साताबाट सडक मर्मत सम्भारको काम शुरु गरिने भएको छ । महाराजगञ्ज–बुढानीलकण्ठ सडकका धेरै ठाउँमा पानीको पाइप फुटेर सडक खाल्डा र खुल्डी परेको छ । यो समस्या तत्काल हल गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्