विद्युत प्राधिकरणको उत्पादन क्षमता २६ सय ८४ मेगावाट, २ वर्ष भित्र सबै जनताकहाँ बिजुली (पुर्णपाठ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको प्रगति विवरण सार्वजनिक गरेका छन् । ३८औं वार्षिकोत्सको अवसर पारेर घिसिङले पेश गरेको वार्षिक प्रतिवेदनमा विद्युत उत्पादन क्षमता २ हजार ६ सय ८४ मेगावाट पुगेको छ ।
गत आर्थिक वर्ष २०७९÷८० मा विभिन्न जलविद्युत आयोजना निर्माण सम्पन्न भइ ४९१ मेगावाट विद्युत प्राधिकरणको प्रणालीमा थप भएर कुल जडित उत्पादन क्षमता २ हजार ६ सय ८४ पुगेको हो ।
साथै प्राधिकरणको गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अर्ब ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्व ६७ करोड पुगेको बताएका छन् । आउँदो २ वर्ष भित्र सबै जनताकहाँ बिजुलीको पहुँच पु¥याउने उनले लक्ष्य सुनाए ।