९० करोड ६३ लाख नाफा कमाएको सेञ्चुरी बैंकको २ अर्ब ८६ करोड खुद ब्याज आम्दानी

काठमाडौं । अघिल्लो बर्ष ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको सेञ्चुरी बैंकको गत बर्ष ९० करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ ।
बैंकको अघिल्लो बर्ष २ अर्ब ५९ करोड २० लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत बर्ष २ अर्ब ८६ करोड ६२ लाख १ हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफा १ अर्ब २ करोड ५९ लाख ६५ हजार रुपैयाँबाट बढेर १ अर्ब २२ करोड ८८ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ, जगेडा कोषमा १ अर्ब ५३ करोड ५१ लाख ४ हजार रुपैयाँ, निक्षेप संकलन ६५ अर्ब ३४ करोड ३ लाख ९२ हजार रुपैयाँ । कर्जा लगानी ५८ अर्ब ४ करोड ४४ लाख २१ हजार रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ ।