भारतमा कोरोना संक्रमित २७ लाख नाघ्यो

काठमाडौं । भारतमा हालसम्म कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या २७ लाख भन्दा बढी भएको छ ।
कुल संक्रमितको संख्या २७ लाख दुई हजार ७४३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
त्उस्तै २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका छन ।
भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ५१ हजार ७९७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८७६ जनाको मृत्यु भएको हो ।