निषेधाज्ञाले सुनशान काठमाडौं « Arthapath.com
४ भाद्र २०७७, बिहीबार

निषेधाज्ञाले सुनशान काठमाडौं



काठमाडौं । आज विहिबारदेखी स्थानिय प्रशासनले उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । विहिबार विहानैदेखी अत्यआवश्यक बाहेकका कुनैपनि सवारी चलेका छैनन भने सडकमा रहेका ट्राफिक प्रहरी र नेपाल प्रहरीले कडा निगरानी गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले मंगलबार उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । उपत्यकामा दिनानुदिन कोरोनाका संक्रमित बढ्दै गएकाले सरकारले बाध्य भएर निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको समयमा घर बाहिर ननिस्कन स्थानिय प्रशासनले अनुरोध गरेको छ । १ साताको निषेधाज्ञामा एम्बुलेन्स खाद्यान्न बोकेका सवारी, मेडिकल डक्टरहरु, प्रेसलगायत अत्यआवश्यकलाई मात्रै काम विषेसले हिड्न दिएपनि अन्यलाई घरमै बसेर सुरक्षीत रहन सरकारले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्