नेफ्स्कूनको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित

काठमडौँ । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।
नेफ्स्कूनको ३२औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा उनले एक हजार एक सय ९६ मत प्राप्त गरेका छन् । निर्वाचनमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् ।
सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, कोशी प्रदेश सञ्चालकमा लक्ष्मी सापकोटा, मधेस प्रदेश सञ्चालकमा शोभाकुमारी राउत, बागमती प्रदेश सञ्चालकमा खेमराज सुवेदी, गण्डकी प्रदेश सञ्चालकमा गोपालप्रसाद गौतम, लुम्बिनी प्रदेश सञ्चालकमा ज्ञानु पौड्याल, कर्णाली प्रदेश सञ्चालकमा वीरबहादुर राउत भोटे र सुदूरपश्चिम प्रदेश सञ्चालकमा दिप्ती शाही विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज पौडेल, लेखा सुपरीवेक्षण समितिमा हेमराज विष्ट र लेखा सुपरीवेक्षण समिति सदस्य महिलामा दुर्गा तिवारी सञ्जेल निर्वाचित भएका छन् ।