१ अर्ब हिनामिनाको आरोपमा कान्तिभैरव बचत तथा ऋण सहकारीका सञ्चालक पक्राउ « Arthapath.com
२४ पुष २०८०, मंगलवार

१ अर्ब हिनामिनाको आरोपमा कान्तिभैरव बचत तथा ऋण सहकारीका सञ्चालक पक्राउ



काठमाडौँ । कान्तिभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित सहकारीका संचालन प्रक्राउ गरेको प्रहरीले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिका–४ चौताराका सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।

सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गरेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्