नेपाल इन्स्योरेन्सको डेपुटी सीईओमा पोखरेल र डिजिएममा बस्नेत नियुक्त, बिदा भए पाण्डे

काठमाडाैं । नेपालकाे सबैभन्दा पुरानाे निर्जिवन बिमा कम्पनी नेपाल इन्स्याेरेन्सकाे डेपुटी नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पाेखरेल चयन भएका छन ।
इन्स्याेरेन्सकाे मंगलबार बसेकाे संचालक समिति बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पाेखरेललाई नियुक्त गरेकाे प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले बताए । पाेखरेल युनाइटेड फाइनान्सकाे डेपुटि सीईओ रहेका थिए ।

त्यसैगरी इन्स्याेरेन्सकाे डिजिएममा निरज बस्नेेेत नियुक्त भएका छन । बस्नेत प्रिमियर इन्स्याेरेन्सकाे फाइनान्स हेड रहेका थिए । वस्नेत कार्तिक १ गतेदेखी कार्यभार सम्हाल्ने बताइएकाे छ ।
यसअघि डिजिएम रहेका विक्रान्त पाण्डे डेपुटी सीईओमा अावेदन दिएका थिए । पाण्डे डेपुटी सीईओमा नियुक्तीमा नपरेपछि कम्पनी छाेड्न लागेका छन । ३ वर्ष अघि एनएलजी इन्स्याेरेन्सबाट नेपाल इन्स्याेरेन्सकाे डिजिएममा नियुक्त पाण्डे डेपुटी सीईओमा नपरेपछि कम्पनी छाडेका छन ।
