१६ करोड २६ लाख खर्चिएर स्मार्ट सीटीको डिपिआर तयार, तर कार्यान्वयनमा आएन कुनै पनि योजना

काठमाडौं । स्मार्ट सीटीको विस्तृत आयोजना प्रतिवेदन (डिपिरआर) तयार भएपनि कुनै पनि योजना कार्यान्वयनमा नआएको पाइएको छ ।
महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन, २०८१ ले यस्तो देखाएको हो । सकारले काठमाडौं उपत्यकाको बस्ती व्यवस्थापन गर्न २०७५ बैशाख २५ गते स्मार्ट सीटीको अवधारणा स्वीकृत गरेको थियो । उपत्यका विकास प्राधिकरणले चार वटा नयाँ सहर बनाउने गरी योजना अघि बढाए हो ।
बाहिरि चक्रपथको कार्यसम्पादन अवस्था यकिन नभइ नसकेको स्थितिमा सोही क्षेत्रका अधिकांश भु–भाग समेटिने गरि काठमाडौं उत्तरपूर्वमा १ लाख रोपानी , काठमाडौं उत्तरमा १० हजार रोपनी र ललितपुर तथा भक्तपुरमा १०/१० हजार रोपनी क्षेत्रमा ४ वटा स्मार्ट सीटी आयोजना अघि बढाउने लक्ष्य रहेको थियो । त्यसका लागि डिपिआरमा १६ करोड २६ लाख ५३ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ । तर, कुनै पनि योजना कार्यान्वयनमा नआएको महालेखाले जनाएको छ । वर्षौसम्म योजना कार्यान्वयन नहुँदा समय तथा लगात बढ्ने भएकाले कार्यान्वयन प्रक्रिया अघि बढाउन सुझाव दिएको छ ।