सहसचिवद्वय ढकाल ल्हासा र मगर हङकङकाे महावाणिज्यदुत नियुक्त

काठमाडाैं । सरकारले सचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिज्यदुतमा नियुक्त गरेकाे छ । आइतबार बसेकाे मन्त्रीपरिषद बैठकले रानामगरलाई हङकङ र ढकाललाई ल्हासाकाे महावाणिज्यदुतमा नियुक्त गरेकाे छ ।
सहसचिवद्वय उदय रानामगर र नवराज ढकाल दुबै नुवाकाेटमा जन्मिएका हुन । रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको हाे ।
ढकाल उद्याेग मन्त्रालयकाे सहसचिव र रानामगर झापाकाे प्रमुख जिल्ला अधिकारी रहेका थिए । दुबैलाई महावाणिज्यदूत नियुक्ति गर्न सरकारकाे अघिल्लो मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालय सरुवा गरेको थियो।