थप एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत
![](https://www.arthapath.com/wp-content/uploads/2024/02/bonus-share-listed.png)
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार कम्पनीको १० प्रतिशत बोनस बापतको ६२हजार ३३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
गत आवको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकरण भएको हो ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।