समितिलाई अर्थको सुझाव,‘सहकारी क्षेत्रका कानुन सुधार, संस्था सञ्चालनको विषयमा अनुसन्धान गर्नु’

काठमाडौं । सहकारी क्षेत्रका कानुन सुधार, संस्थागत परिचालन र संस्था सञ्चालनको विषयमा अनुसन्धान गर्न अर्थ मन्त्रालयले सुझाव दिएको छ ।
बिहीबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा अर्थ मन्त्रालयले यस्तो सुझाव दिएको हो ।
अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, राजस्व सचिव डा. रामप्रसाद घिमिरे लगायतले सहकारीमा भएका कानुनी सुधार र संस्थागत परिचालन र संस्था सञ्चालनका विषयमा अनुसन्धान गर्न सुझाव दिएका हुन् ।