झन्डै एक दर्जन उद्योगलाई भारतबाट चिनी आयात गर्न सरकारको अनुमति, क-कसले पाए ? « Arthapath.com
३० असार २०८१, आईतवार

झन्डै एक दर्जन उद्योगलाई भारतबाट चिनी आयात गर्न सरकारको अनुमति, क-कसले पाए ?



काठमाडौं । सरकारले झन्डै एक दर्जन उद्योगलाई भारतबाट चिनी आयात गर्न अनुमति दिएको छ । १० वटा उद्योगहरुले भारतबाट चिनी आयात गर्न सरकारबाट अनुमति पाएका हुन् ।

भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिमको औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्ने गरि इच्छुक भई उद्योगहरुले आवेदन दिएका थिए । आयात गर्न इच्छुक मध्ये १० वटा उद्योगलाई अनुमति दिएको हो ।

विभागका अनुसार नेपाल स्थित एग्रो थाई फुड्स प्रा.लि, ललितपुर, गुडलाइफ बेभरेज प्रा.लि, सोनापुर सुनसरी, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रा.लि दुहबीले अनुमति पाएका छन् ।

यस्तै, क्वालिटी फुड एन्ड स्न्यांक्स इण्डष्ट्रिज प्रा.लि, क्वालिटी कन्फेक्सनरी प्रा.लि, क्वालिटी डाइट एन्ड फुड प्रोइक्टस् प्रा.लि, शिव डेरी एन्ड फुड इण्डट्रिज प्रा.लि, केआरएस भेन्चर्स प्रा.लि, सुजल फुड्स प्रा.लिलाई चिनी आयातको अनुमति पाएका छन् ।विभागबाट अनुमति पाएका १० उद्योगहरुले उद्योग विभाग त्रिपुरश्वरमा सम्पर्क गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्