अझै १० भन्सार विन्दुबाट भएन् निर्यात, नेपालको वैदेशिक व्यापार कुन नाका मार्फत कति ? « Arthapath.com
१० श्रावण २०८१, बिहीबार

अझै १० भन्सार विन्दुबाट भएन् निर्यात, नेपालको वैदेशिक व्यापार कुन नाका मार्फत कति ?



काठमाडौं । गत वर्ष देशभरका दुई दर्जन बढी भन्सार नाका मार्फत वैदेशिक व्यापार भएका छन् । एक वर्षमा नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

देशभरका २९ वटा भन्सार नाका मार्फत १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात गरिएको छ भने १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएका छन् ।

नेपालको वैदेशिक व्यापार विरगञ्ज भन्सार नाका मार्फत सबैभन्दा धेरै हुने गरेको छ । कुल आयातको ३४.३० प्रतिशत हिस्सा विरगञ्ज नाकाको छ । गत वर्ष मात्रै सो नाका मार्फत ५ खर्ब ४६ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको आयात भएको छ । विरगञ्ज नाकाको निर्यातमा पनि सर्वाधिक हिस्सा छ । सो नाका मार्फत एक वर्षमा नेपालले कुल ३१ अर्ब १३ करोड २२ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । यो कुल निर्यातमा २०.४३ प्रतिशत हुन आउँछ ।

आयातमो दोस्रो ठुलो हिस्सा भैरहवा भन्सार विभागको छ । भैरहवा कुल आयातमा १५.२३ प्रतिशत हिस्सा छ । गत आर्थिक वर्षमा पनि सो नाका मार्फत २ खर्ब ४२ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । निर्यातमा भने भैरहवा नाका पाँचौं स्थानमा छ । गत वर्ष सो नाका मार्फत १३ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो कुल निर्यातको ८.९७ प्रतिशत हुन आउँछ ।

विभागका अनुसार गत आवमा ड्राइपोट नाका मार्फत २ खर्ब ३ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । यो कुल आयातको १२.७८ प्रतिशत हुन आउँछ । सो नाका मार्फत एक वर्षमा ५ र्अ २ करोड ५३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।

यस्तै, विराटनगर नाका मार्फत पनि एक वर्षमा नेपालले १ खर्ब ६८ अर्ब २९ करोड ८९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो नाको कुल आयातमा १०.५७ प्रतिशत हिस्सा छ । सो नाका मार्फत निर्यातमा भने २०.२४ प्रतिशत योगदान छ । एकै वर्षमा सो नाका मार्फत ३१ अर्ब १४ करोड २५ लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ ।

निर्यातमा भने सबैभन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार विभाग कार्यालयको योगदान छ । एक वर्षमा एयरपोर्ट नाका मार्फत ३४ अर्ब ३५ करोड ४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो कुल निर्यातको २२.५४ प्रतिशत हो । सो भन्सार बिन्दु मार्फत एक वर्षमा १ खर्ब ४५ अर्ब २२ करोड ७८ लाख रुपैयाँ बराबरको आयात भएको छ । आयातमा भने यसको हिस्सा ९.१२ प्रतिशत छ ।

झन्डै एक दर्जन नाका मार्फत शून्य निर्यात

गत वर्ष झन्डै एक दर्जन भन्सार नाका मार्फत शून्य निर्यात भएका छन् । वैदेशिक व्यापारका लागि २९ वटा नाका संचालनमा रहेता पनि १० वटा मार्फत भने शून्य निर्यात भएको छ। ती नाकाहरुबाट आयत मात्रै भएका छन् ।

विभागका अनुसार पोखरा, गौतमवुद्ध एयरपोर्ट लगायतका नाका मार्फत आयात मात्रै भएका छन् । तर, निर्यात भने शून्य छ।
विभागका अनुसार सुनसरी नाका, जनकपुर, चोभार, महेश्पुर, राजविराज, थादी त्रिवेणी लगायतका नाका आयात आयात मात्रै गरिएको छ ।

कुन भन्सार नाका मार्फत कति वैदेशिक व्यापार ?

स्रोतः भन्सार विभाग, रकम हजारमा


प्रतिक्रिया दिनुहोस्