टिकटक प्रतिबन्ध खुलाउने सरकारको निर्णय « Arthapath.com
६ भाद्र २०८१, बिहीबार

टिकटक प्रतिबन्ध खुलाउने सरकारको निर्णय



काठमाडौं । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिवन्ध फुकुवासँगै तीन महिनाभित्रमा टिकटकलाई विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न सरकारले निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्