कस्तो छ हाथवे इन्भेष्टमेन्ट नेपालको वित्तीय अवस्था ? « Arthapath.com
१२ कार्तिक २०८१, सोमबार

कस्तो छ हाथवे इन्भेष्टमेन्ट नेपालको वित्तीय अवस्था ?



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा शतप्रतिशत वृद्धि भएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा कम्पनीले ३ करोड ४९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १२१.१९ प्रतिशत बढी हो । गत आवको सो अवधिमा कम्पनीले १ करोड ५८ लाख २२ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको संचालन आम्दानी १२२.८९ प्रतिशत वृद्धि भई ४ करोड ८८ लाख ३७ हजार रुपैयाँ पुगेको छ । यसरी आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

यता, कम्पनीको कुल आम्दानी पनि १२२.६५ प्रतिशत बढेर ४ करोड ८८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । तर, कम्पनीको कुल खर्च भने ५६.७९ प्रतिशत घटेर ६७ लाख रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि २.७३ रुपैयाँ बढेर ५.४४ रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने ८३.०२ रुपैयाँ छ ।हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्