टेलिकम बन्यो उत्कृष्ट करदाता: बैंकिङ्गमा नबिल, व्यक्तिगत तर्फ शाह, यी हुन् सम्मानित ठुला करदाताहरु « Arthapath.com
१ मंसिर २०८१, शनिबार

टेलिकम बन्यो उत्कृष्ट करदाता: बैंकिङ्गमा नबिल, व्यक्तिगत तर्फ शाह, यी हुन् सम्मानित ठुला करदाताहरु



काठमाडौं । सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेर्र कर तिर्ने करदातालाई सम्मान गरेको हो ।

विभिन्न विधामा सर्वाधिक कर तिर्ने कम्पनी तथा व्यक्तिलाई शनिबार अर्थमन्त्री विष्णु पौडेलद्वारा सम्मान गरिएको थियो । अघिल्लो आवमा सर्वाधिक आयकार तिरेको नेपाल दुरसञ्चार कम्पनीलाई सम्मान गरिएको छ ।

यस्तै, एकलौटी फर्ममध्येबाट सर्वाधिक कर श्रुुति ट्रेडर्स, वस्तु निर्यात कारोबार गर्ने कम्पनी तर्फ डाबर नेपाल, कृषिक तथा पशुपन्छी क्षेत्र अन्तर्गत पतञ्जली आयुर्वेद, सूचना प्रविधिक सेवा निर्यात गर्ने कोडावतार टेकलाई सरकारले सम्मान गरेको हो ।

यता, बैंक वित्तीय वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनी तर्फ पनि नबिललाई सम्मान गरिएको हो । बैंकले अघिल्लो आवमा सबैभन्दा धेरै आयकर सरकारलाई बुझाएको थियो ।

त्यसैगरि पर्यटन व्यवसाय अन्तर्गत तारागाउँ रिजेन्सी होटल, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, ऊर्जामुलक उद्योग अन्तर्गत भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सर्फमर कारोबार गर्ने कम्पनीमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरलाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको छ ।

यस्तै, ५० करोड देखि एक अर्ब रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीतर्फ उत्कृष्ट करदाताका रुपमा सिडिएस एन्ड क्लियरिङ लिमिटेड सम्मानित भएको छ ।

सरकारले व्यक्तिगत आयकर तर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाह सम्मान गरेको हो ।

वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राईजेज र विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेवापत वरुण बेभरेज र २०७५ साउन देखि २०८१ असार मसान्त सम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रुपमा होङ्सी शिवम सिमेन्टलाइ सम्मान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्