वर्षको ४० हजारमा कसरी गर्न सकिन्छ २५ लाखको जीवन बीमा ? हेर्नुस् सूर्यज्योतिको– ‘सही प्लान’ « Arthapath.com
१३ मंसिर २०८१, बिहीबार

वर्षको ४० हजारमा कसरी गर्न सकिन्छ २५ लाखको जीवन बीमा ? हेर्नुस् सूर्यज्योतिको– ‘सही प्लान’



काठमाडौँ । यदी तपाईँ अहिले ३५ वर्षको हुनुहुन्छ र आजैदेखि तपाइँले हरेक साल ४० हजार ७१९ रुपैयाँ बैंकमा मुद्दति खातामा जम्मा गर्न थाल्नु भयो । १ वर्षे मुद्दति खातामा त्यो पैसा राख्दै जानु भयो र वर्षैपिच्छे प्राप्त हुने सावाँ ब्याजलाई पनि थप्दै मुद्दति रकम बढाउँदै जानु भयो ।

यसरी १५ वर्षसम्म पैसा राख्नु भयो भने तपाइँको वास्तविक सावाँ (निक्षेप) रकम ६ लाख १० हजार ७८५ रुपैयाँ हुन्छ । त्यसमा तपाइँले चक्रीय ब्याज अनुसार अर्को ३ लाख ११ हजार ८०५ रुपैयाँ आम्दानी गर्नु हुन्छ । यसरी तपाईँ ५० वर्ष पुग्दा तपाइँको खातामा ९ लाख २२ हजार ५९० रुपैयाँ पैसा जम्मा हुन्छ ।

यो हिसाब वार्षिक मुद्दति निक्षेपको ब्याजदर सधैँभरी ५ प्रतिशत रहन्छ भन्ने अनुमानमा निकालिएको हो । यही मंसिर महिनाका लागि बाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याजदर हेर्ने हो भने अधिकांश बैंकले १ वर्षे मुद्दति खातामा ५ प्रतिशत ब्याज दिने भनेका छन् ।

जब तपाईँ ५० वर्ष पुग्नुहुन्छ, त्यसपछि यसैगरी निक्षेप जम्मा गर्ने पैसा नकमाउन पनि सक्नुहोला । तर पहिले जम्मा भएको पुरै पैसा ५ वर्षे मुद्दति खातामा राख्न थाल्नुभयो । यसरी अर्को २० वर्षसम्म निक्षेप राख्नु भयो भने तपाइँले आफ्नो उमेर ७० वर्ष पुग्दा जम्माजम्मी २४ लाख ४७ हजार ९०७ रुपैयाँ पाउन सक्नु हुन्छ ।

तर यही पैसामा तपाइँले बीमा गर्नु भयो भने के होला ? ओहो! यसका फाइदा कति कति ?

‘सही सोचौँ, सही रोजौँ’

उक्त बीमा योजनामा आबद्ध हुँदा त्यति (४० हजार ७१९ रुपैयाँ) नै प्रिमियम तिरेर बीमितले १५ वर्ष अवधिका लागि २५ लाख रुपैयाँ बीमांकको बीमालेख खरिद गर्न सक्छ । ठ्याक्कै माथिको उदाहरणमा भनेजस्तै आफू ५० वर्ष उमेरको हुँदासम्म अर्थात् कुल १५ वर्षमा तपाईँले ६ लाख १० हजार ७८५ रुपैयाँ बीमा शुल्क तिर्नुहुन्छ ।

अब त्यसपछि बीमितले कुनै पनि बीमा शुल्क भुक्तानी गर्नु पर्दैन । तर बीमालेख भने निरन्तर जारी नै रहन्छ । बीमितको उमेर ७० वर्ष पुरा भएपछि कम्पनीले बीमितलाई बीमा शुल्कवापत तिरेको ६ लाख १० हजार ७८५ फिर्ता दिन्छ । यस पैसालाई ‘आधारभूत बीमाशुल्क’ भनिन्छ ।

७० वर्ष नाघेर आधारभूत बीमा शुल्क लिइसकेपछि जुनसुकै बखत बीमितको निधन भएमा बीमितको कानूनी हकवालाले २५ लाख रुपैयाँ भुक्तानी पाउने छ । अर्थात् हरेक साल बैंकमा पैसा जम्मा गर्दै गएर प्राप्त गर्ने बराबरको रकम त आधारभूत बीमा शुल्क फिर्ता लिइसके पछि नै बीमितको परिवारले पाउन सक्छ ।

कम्पनीका अनुसार बीमा अवधि (यस उदाहरण अनुसार सुरुको १५ वर्ष) पुरा नहुँदै वा ७० वर्ष उमेर नपुग्दै बीमितको निधन भएमा बीमाङ्क रकम (यस उदाहरणमा २५ लाख) भुक्तानी दिइनेछ ।

यो योजना अनुसार बीमा गर्दा १५ वर्षे नै हुनुपर्ने बाध्यता पनि छैन । कम्पनीले कम्तिमा ५ वर्ष बीमा अवधि भएको र न्यूनतम ५ लाख रुपैयाँ बीमाङ्क खरीद गर्ने सुविधा दिएको छ । यो बीमा योजना उमेरका आधारमा १८ वर्ष पुरा भएका र ६० वर्ष ननाघेका सबैले किन्न पाउने छन् ।

तर ६५ वर्ष उमेर हुँदासम्म बीमाशुल्क भुक्तानी गरिसक्नु पर्ने छ । अर्थात्, अहिले ५५ वर्ष उमेरको मानिसले १५ वर्षे बीमा योजना खरीद गर्न सक्दैन, उसले बढीमा १० वर्षे योजना खरीद गर्नुपर्ने हुन्छ । प्रिमियम बुझाउन चाहीँ ३ महिना, ६ महिना वा १ वर्षको अवधिमा तिर्न सकिन्छ । पुरै पैसा एक्कैपटक (शुरूमै) तिर्छु भन्न पनि पाइन्छ । यस्तो सुविधालाई ‘एकल प्रिमियम’ भनिन्छ ।

‘सही सोचौ, सही रोजौँ’ भन्ने मूल नाराका साथ ल्याइएको यो योजनामार्फत् सूर्यज्योतिले ‘हरेक घर, एक बीमा’ को लक्ष्य लिएर यस योजनाको पहूँच फैलाउने प्रयास गरेको छ । यो भन्दा पहिले बीमा गरिसकेका पहिले गरेको बीमाको परिपक्व रकम भुक्तानी लिइसकेकाहरूका लागि पनि सूर्यज्योतिको ‘सही प्लान’ सही छनोट सावित हुनसक्छ ।

यो योजनालाई ब्राण्डिङ गर्दा ‘४० हजारमा २५ लाखको बीमा’ भन्नुको कारण पनि रोचक छ । नेपालको आयकर ऐनले व्यक्तिगत आयमा ४० हजार रुपैयाँसम्म जीवन बीमा बापतको रकम घटाउन पाइन्छ । यत्यसैले आयकर छुटको रकमबाटै २५ लाखसम्मको कभरेज पाइने हुँदा यो बीमा योजना मूलतः पारिश्रकि प्राप्त गर्ने वर्गका लागि अझ बढी लाभदायक छ ।

अतिरिक्त सुविधा

यो योजना अन्तरगत बीमा गर्ने सबै बीमितले प्रिमियम फिर्ता पाउन चाहीँ ७० वर्ष उमेर पुरा हुनुपर्छ । कम्पनीले यस आधारभूत प्रिमियमका अलावा थप पैसा (प्रिमियम) तिरेर अरिरिक्त सुविधाहरु पनि लिन सक्ने व्यवस्था गरेको छ ।

यसरी अतिरिक्त बीमाशुल्क तिरेर दुर्घटना बीमा सुविधा, अपाङ्गता, अशक्तता सुविधा र ३५ घातक रोगविरुद्धको सुरक्षा समेत समावेश गर्न सकिनेछ ।

ऐच्छिक बीमा योजनामा सहभागि भएका बीमितले थुप्रै लाभ पाउँछन् । उदाहरणका लागि बीमितको बीमालेखमा दुर्घटना मृत्यु लाभ समेत समावेश छ भने बीमांकको दोब्बर रकम भुक्तानी पाउने छ । अर्थात्, दुर्घटनाको कारण बीमितको मृत्यु भएमा हकवालाले दोहोरो बीमा लाभ लिन सक्ने छन् ।

यदि दुर्घटनाबाट पुर्ण अशक्त भएमा बाँकी अवधिको बीमा शुल्क (प्रिमियम) तिर्नै पर्दैन । यस्ता बीमितलाई बिमाङ्कको आधारमा कम्तिमा १० वर्षसम्म मासिक अशक्त सुविधा समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यदी घातक रोग विरुद्धको जोखिम समेत सुरक्षण गरिएको छ भने बीमितलाई बीमा अवधिभित्र कुनै प्रकारको घातक रोग लागेमा बीमाङ्क बराबरको रकम उपचार खर्च बापत प्राप्त गर्नेछन् । त्यो भनेको नेपालमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रू. ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा लिन सकिने हो ।

घातक रोगको उपचारमा हुने यस्तो भुक्तानी बापतको रकम मूल बीमाङ्कबाट कट्टा हुँदैन । यसका साथै आफूलाई आवश्यक परेको बेलामा सहुलियत दरमा नियमानुशार सुलभ दरमै ऋण लिन सकिने सुविधा त छँदै छ ।

नेपालमा बीमाको पहूँच

बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार झण्डै ६० प्रतिशत नेपालीहरु अहिले पनि जीवन बीमाको दायरामा छैनन् । हामीकहाँ औसत ६ देखि साढे ६ लाख रुपैयाँ बीमाङ्कको जीवन बीमालेख खरिद गर्ने बाहुल्यता छ ।

तर आधुनिक जीवन शैली, शहर केन्द्रित आवादी र बदलिँदो पेशागत संरचनाले गर्दा अब पारिवारिक दायित्व पहिलेको तुलनामा कयौँ गुणा बढ्दै गएको छ । एउटा परिवारप्रति अभिभावकको आर्थिक दायित्वको बोझ चुलिँदै छ ।

बच्चाबच्चीको शिक्षादीक्षा, आफू र आफ्नो प्रियजनको उज्ज्वल भविष्य, घातक रोगहरु बिरुद्ध लड्न उपचार खर्च, भविष्यमा आईपर्न सक्ने आर्थिक जोखिम बहन गर्नुपर्ने, आश्रित परिवारको आर्थिक सुरक्षा प्रत्याभूति गर्नुपर्ने, आफैँ पनि बुढेसकालमा बाँच्न पैसा चाहिने । यस्ता कयौँ कारण छन्, जसले मानिसलाई जीवन बीमासँग गाँसिन उत्प्रेरित गर्छ ।

यीनै आवश्यकतालाई मध्येनजर गरेर नै सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘सही प्लान’ अघि सारेको हो । वर्षमा केवल ४० देखि ४५ हजार रुपैयाँ बीमा शुल्क (उमेर अनुसार बीमाशुल्क दर फरक पर्न सक्छ) मै झण्डै २५ लाख बराबरको बीमाङ्क भएको जीवन बीमा सम्भव हुनसक्छ । यसले तपाईँको जीवनमा आईपर्न सक्ने आर्थिक जोखिमको भारलाई कम गर्न राहतमात्रै दिने छैन, तपाईँ र तपाईँको परिवारको सुनौलो भविष्यका लागि सहारा बन्न सक्छ ।

एडभटोरियल


प्रतिक्रिया दिनुहोस्