नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना « Arthapath.com
९ मंसिर २०८१, आईतवार

नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना



काठमाडौं। । नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन र आर्थिक सम्बन्धलाई सुदृढ गर्न नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्टीज स्थापना गरिएको छ ।

सामाजिक सेवा मलक गैरनाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी तथा व्यवसायीक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्दधन गर्ने उद्देश्य राखेको छ । साथै, व्यापार, कृषि, उद्योग, र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दवै देशको विकासमा टेवा पुर्याउनेछ ।

प्रथम वार्षिक साधारण सभामा निर्वाचित अध्यक्ष सौरब ज्योति निर्वाचित उपाध्यक्ष ऋतु सिङ वैद्यका साथै संचालक सदस्यहरुको उपस्थिति थियो ।

कार्यालयको उद्धाटन जापानी दूतावासका मिशन अन्य नियोज तामुरा ताकाहिरोले गरेका थिए ।

यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिनेछ र आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्