नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई नगरकोटको क्लब हिमालयमा विषेश छुट « Arthapath.com
२० मंसिर २०८१, बिहीबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई नगरकोटको क्लब हिमालयमा विषेश छुट



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र क्लब हिमालय, नगरकोट बीच छुट सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र क्लब हिमालय, नगरकोट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई रुम चार्जमा १०% सम्म छुट दिने भएको छ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ ।

छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छः https://www.nimb.com.np/personal-banking/offers


प्रतिक्रिया दिनुहोस्