सर्वोच्च अदालतले खारेज गरिदियो एनसेलको सेयर बिक्री रोक्न माग गरिएको रिट « Arthapath.com
११ पुष २०८१, बिहीबार

सर्वोच्च अदालतले खारेज गरिदियो एनसेलको सेयर बिक्री रोक्न माग गरिएको रिट



काठमाडौं । एनसेलको सेयर बिक्री रोक्न माग गरिएको रिट खारेज भएको छ । सर्वोच्च अदालतले बिहीबार सो रिट खारेज गरिदिएको हो ।

सांसद अमरेश कुमार सिंहले गत वर्ष २०८० मंसिर २२ गते एनसेलको सेयर खरिदबिक्री रोक्न सर्वोच्चमा रिट दायर गरेका थिए ।

तर, बिहीबार न्याधिश सपना प्रधान मल्ल र टेक प्रसाद ढुंगानाको इजलासले रिट खारेज गरेको हो । सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्