सामाजिक उत्तरदायित्वमा नेपाल टेलिकम, कहाँ–कहाँ के ग¥यो ? « Arthapath.com
१४ पुष २०८१, आईतवार

सामाजिक उत्तरदायित्वमा नेपाल टेलिकम, कहाँ–कहाँ के ग¥यो ?



काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।

हरियाली संरक्षण तथा वृक्षरोपणमा नेपाल टेलिकमले काठमाडौँको माइतीघर देखि तिनकुने सम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरु रोप्ने, रुखहरु तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरु सञ्चालन गरिएका थिए ।

विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण गर्दै आएको छ । टेलिकमले निरन्तर रुपमा नेपाल भरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ ।

साथै देशभरका २० जिल्लाका १÷१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री सेनेटरी प्याड भेन्डिङ मेसिन उपलब्ध गराएको छ ।

वातावरण सरसफाई अन्र्तगत धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा आवश्यकता बमोजिम डस्टवीन वितरण गरिएको छ ।

वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोगमा टेलिकमले निरन्तरता दिँदै आएको छ । सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरुमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ ।

नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरुले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ ।

टेलिकमले विद्यालयहरुमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एफटिटिएच सेवा पुगेका देशभरका विभिन्न १०० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० एमबिपिएस गतिको एफटिटिएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशूल्क उपलब्ध गराएको छ ।

त्यसैगरी एफटिटिएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा १ वर्ष सम्मका लागि नमस्ते वाईफाई डव्लुबिबि राउटर सहितको इन्टरनेट प्याकेज निःशूल्क उपलब्ध गराएको छ ।

एसईई तयारी गरिरहेका विद्यार्थीलाई सहयोगः नेपाल टेलिकमले आउँदै गरेको एसईई परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट निःशूल्क रुपमा पढ्न पाउने व्यवस्था मिलाएको छ ।

यसका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका अन्य कार्यक्रमहरु तपसिल बमोजिम छ ।

–फरक क्षमता भएका व्यक्तिहरुलाई छुट्टै प्याकेज सहितको निःशूल्क प्रिपेड सिमकार्ड वितरण ।

–नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरुको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा निःशूल्क कलर रिङ्गटोनको प्रसारण कार्य ।

–गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारी मूलक सन्देशहरु निःशूल्क द्यगपि क्ःक् मार्फत प्रवाह ।

–गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गराइएको ।

–गत असोजको पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग ।


प्रतिक्रिया दिनुहोस्