टेलिकमद्वारा बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण « Arthapath.com
१६ पुष २०८१, मंगलवार

टेलिकमद्वारा बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण



काठमाडौं । नेपाल टेलिमकले बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ । टेलिकमले सोमबार रातीदेखि नै लागू हुने गरि एसेस कोड १४२४ को महसुल दर कर बाहेक प्रतिमिनेट ३.७६ रुपैयाँ कायम गरेको छ ।

विगतदेखि नै टेलिकमले भारतमा सस्तो दरमा कल गर्नका लागि विभिन्न विकल्पहरु बनाएको छ । त्यसमध्ये एसेस कोड ४२४ को प्रयोग गरेर कल हुने व्यवस्था गरेको छ ।

यस्तै, एसेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमाहुने बाह्यगमन कलको पल्स दर ६० सेकेन्ड निर्धारण गरिएको टेलिकमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्