जगदम्बा स्टील्स र मंगला सिमेन्ट माथी गुणस्तर विभागको डन्डा

काठमाडौं । जगदम्बा स्टील्स र मंगला सिमेन्ट लाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ ।
नेपाल गुणस्तर विभाले तोके अनुसारको गुणस्तरीय सामान नभएकाले दुवै उधोगलाई कारबाही प्रक्रिया अघि बढाइएको विभागले जानकारी दिएको छ ।
विभागले गुणस्तर मापनको लागी गरेको जगदम्बाको संकलित नमुनामा कार्टुनको मान अधिकतम शुन्य दशमलव ३० प्रतिशत हुनुपर्नेमा शुन्य दशमलव ३५ प्रतिशत भएको र सल्फरको मान अधिकतम शुन्य दशमलव शुन्य ५५ हुनुपर्नेमा शुन्य दशमलव शुन्य ६० भएकाले गुणस्तर मापदण्ड विपरित भएको विभागले बताएको छ ।
जगदम्बा स्टील्स प्रालि बारामा छ भने मंगला सिमेन्ट उद्योग प्रालि धादिङमा रहेको छ ।
